भत्केको घर




भत्केको त घर थियो,

तर त्यसको साथ सबै सपनाहरु पनि भत्किएछ-

चड्दै गरेका ति आशाका खुड्किलाहरु पनि भासिएछन्

इच्छा, आकांशा र विश्वास सबै एकै पटक नासिएछन्।

 

भत्केको त घर थियो,

तर मुहारको मुस्कान पनि त्यसैसगॅ भत्किएछ-

मन भित्र गाडिएको दुःखको आशु फेरि खड्किएछ

सम्झना र यादको सुनौलो संरचना घर सगैं चर्किएछ।

 

भत्केको त घर थियो,

तर बाल्यकालका चित्रहरु पनि त्यसै सगॅ भत्किएछ-

जीवनको एक महत्तवपूर्ण हिस्सा त्यसै इट्टा सगैं धुलिएछ

प्रत्याशित अस्तित्वको किरण पनि बिस्तारै घर सगैं भुलिएछ।

प्रत्याशित अस्तित्वको किरण पनि बिस्तारै घर सगैं भुलिएछ।

 

                                                     -स्मारीका पाण्डे


image from:                                                                                                            https://images.app.goo.gl/wgwvARswt6ynb4FT6


Comments

Post a Comment

Popular Posts