हराएको कवि



 

कहिल्यै नसुनेका शब्दहरु पनि फूल झैं फर्किन्थ्यो

कहिल्यै नदेखिएको लयहरुमा पनि यो संसार देखिन्थ्यो

कहिल्यै नगुन्जिएको आवाज मा पनि हासॅोको लहर गुन्जिन्थ्यो

तर सायद त्यो बिजत थियो

किनकि,

उसलाई भेट्‌थे, किविताहरुमा

उसलाई पाउथे केरिएका ति अक्षरहरु‌मा

उसलाई लुकाउथे नलेखिएका शब्दहरुमा

उसलाई हराउथे बोलिएको वाणिहरमा

कवि थियो-

सायद उसको स्याही बन्न सकिन

पूर्णिमाको चन्द्रमा थियो-

औशिमा उसलाई पर्खिरहेको त्यो तारा

उसका पानाहरूमा पहिला प्रेम पाइन्थ्यो

  उसका प्रत्येक पंक्तिहरुमा हराउने गर्थे

पल्टाउथे ति पानाहरू ' तिमी' को परिभाषा खोज्न

 तर केवल पूर्णविराम पाउथे

अझै पनि ति शब्दहरू भेटाउछु,तर अर्थ भने मेटाउछु

भावनाहरू पाउछु,  तर व्याख्या भने गुमाउछु

 कविताहरु लेख्छु, तर कवि भने हराउछु

शरीर जीवीत हुदाँ पनि आत्मा भने लुकाउछु

सायद त्यो सपना थियो

'' किहल्यै थिएन

वा आफै मा हराउथे

हराएको कवि बनि कल्पनामा गुन्गुनाउथे !

 

 

-स्मारीका पाण्डे


image from: here.


Comments