हाम्रो देश
हाम्रो देश
घामको पहिलो किरण बटुल्ने हिमाल हाम्रो
लेक र बेसी समेटेर नाच्ने यो नेपाल राम्रो।
अन्गे्जले सासन गर्न नसकेको देश हो हाम्रो
विश्वमा खोज तर पाउदैनौ नेपाल जस्तो देश राम्रो।
मादल, बासुरी, सारङ्गी जस्ता लोक बाजा छन् हाम्रा
सबैको मनलाई लोभ्याउने प्राकृतिक कुरा हरु छन् धेरै राम्रा ।
४ वर्ण ३६ जातको साझा फुलबारी बनेको यो हाम्रो देश
यहाँका मानिसहरूको छ छुट्टाछुट्टै र राम्रो भेष ।
विश्वको अनौठो झण्डा बोकेको छ हाम्रो यो देश
जाति, धर्म र संस्कृतिलो छ यहाँ छुट्टै परिवेश ।
सेतो टोपी, हरियो पछेउरी र पहेंलो धोती हो हाम्रो देशको भेष
विश्वमै सर्वश्रेष्ठ र राम्रो छ हाम्रो देश।
६०००० भन्दा बडी नदि नाला भएको अशेष
सबैको मन लोभ्याउने हाम्रो यो सानो र सुन्दर देश ।
- स्मारिका पाण्डे
image from:
https://images.app.goo.gl/YUNtTye6PGTQasCf8



Comments
Post a Comment