सायद अर्को जन्म--



सायद अर्को जन्म

तिमी कलम भए म त्यसको मसि

तिमी कविता भए म त्यसको भावना

तिमी जुन भए म आकाश

तिमी शान्ति र म उज्यालो को प्रकाश ।

 

सायद अर्को जन्म

तिमी शब्द भए म त्यसको अर्थ

तिमी सुरुवात भए म त्यसको अन्य

तिमी गीत भए म त्यस्को ताल

तिमी नृत्य भए म त्यस्को चाल ।

 

सायद अर्को जन्म

तिमी झरना भए म त्यसको धार

तिमी उज्यालो भए म त्यसको आकार

तिमी फूल भए म त्यसको बासना

तिमी ध्यान भए म त्यसको आसना ।

 

सायद अर्को जन्म

तिमी कृति भए म त्यसको रगं

तिमी पर्व भए म त्यसको उमंग

तिमी सागर भए म त्यसको छाल

तिमी योद्धा भए म त्यसको ढाल ।

 

सायद अर्को जन्म

तिमी प्रेम भए म त्यसका अनगिन्ती कुरा

तिमी अधॅुरो स्पर्स, म बॅाकी रहेको त्यो पुरा

तिमी मौन शब्द र म अर्थ बिनाको गुना

तिमी मदन र म तिम्री प्यारी मुना ।

 

                        

                                                     -स्मारीका पाण्डे 

Comments

Post a Comment

Popular Posts