सायद अर्को जन्म--



सायद अर्को जन्म

तिमी कलम भए त्यसको मसि

तिमी कविता भए त्यसको भावना

तिमी जुन भए आकाश

तिमी शान्ति उज्यालो को प्रकाश

 

सायद अर्को जन्म

तिमी शब्द भए त्यसको अर्थ

तिमी सुरुवात भए त्यसको अन्य

तिमी गीत भए त्यस्को ताल

तिमी नृत्य भए त्यस्को चाल

 

सायद अर्को जन्म

तिमी झरना भए त्यसको धार

तिमी उज्यालो भए त्यसको आकार

तिमी फूल भए त्यसको बासना

तिमी ध्यान भए त्यसको आसना

 

सायद अर्को जन्म

तिमी कृति भए त्यसको रगं

तिमी पर्व भए त्यसको उमंग

तिमी सागर भए त्यसको छाल

तिमी योद्धा भए त्यसको ढाल

 

सायद अर्को जन्म

तिमी प्रेम भए त्यसका अनगिन्ती कुरा

तिमी अधॅुरो स्पर्स, बॅाकी रहेको त्यो पुरा

तिमी मौन शब्द अर्थ बिनाको गुना

तिमी मदन तिम्री प्यारी मुना

 

                        

                                                     -स्मारीका पाण्डे 

Comments

Post a Comment

Popular Posts