सपना रमाइलो कि यथार्थ
सपना काल्पनिक दुनियाँमा आधारित संरचना हो। हामीले सपनामा जे पनि कल्पना गर्न सक्छौं। सपनामा हामी चरा झै आकाशमा उड्न सक्छौ, समयमा अघि पछि गर्न सक्छौं, पुराना प्रियजनहरु सङ्ग भेट गर्न सक्छौं, आफ्नो इच्छाहरु पुरा गर्न सक्छौं र सोचे झैँ जीवन बिताउन सक्छौं। वास्तविकतामा जे भएपनि सपनामा अक्सर मानिसले आफु सफल र रमाइलो जीवन बिताएको देख्न चाहन्छन्। सपनाले हाम्रो अवचेतन मनमा विचार र इच्छाहरुलाई चित्रण गरि कठिनाई भएको यथार्थमा आफुलाई भाग्यशाली शरण प्रदान गर्दछ। सपनाले एकको आशा बढाउँछ र आत्मा र अवस्थामा नयाँ भावना जागृत गर्छ। सपनाहरूले हाम्रो जीवनमा रमाइलो र सुख उत्पन्न गर्न सक्छ, जसले हाम्रो मानसिक र आत्मिक स्थिति परिवर्तन गर्न सक्छ।
वास्तविकताले मानिसको पहिचान दिन्छ, जीवनको कटु सत्य दर्साउछ, हाम्रो जिम्मेवारिता प्रस्तुत गर्दछ, र अद्भुत सम्पर्कहरूको उत्सव, रहर, प्राप्त गर्ने मदत पुर्याउछ जुन सपनाहरूमा पाएपनि महसुस गर्न सकिनदैन। वास्तविकताले हामीलाई सिक्न, परिप्रेक्ष्य लिन, र मान्यता दिन मदत गर्दछ। जीवनमा सफलता, असफलता, प्रसन्नता, उत्साह, दु: ख र निराशा यस बारेमा हाम्रो अनुभव वास्तवमा विविध छन् तर सपनामा भने हामीले जीवनका रोचक पहलुहरूलाई स्वागत गर्न प्रयास गर्दैछौं। समय सगै हामीले जीवनका अवगति र अपगतिहरूसम्म पुग्द्दै गर्दा हामीलाई कल्पनाले भरिपूर्ण जीवन नै रमाइलो लाग्दै जान्छ । जीवनको वास्तविकताले हामीलाई सिक्न र परिप्रेक्ष्य लिनका लागि तालिम दिन्छ।
सपना जति काल्पनिक
र मनोरन्जनले भरिपूर्ण भए पनि बाँच्नु त वास्तविक्तामा नै पर्छ। सपनामा हामी सफल
खुसी र सम्पन्न हुन सक्छौं होला तर त्यस सपनालाई साकार गर्न यथार्थिक जीवनमानै
मेहेनत गर्नु पर्छ। सपना देखि सपनालाई यथार्थमा बाँच्न मेहेनत गर्ने मानिसलाई सपना
र यथार्थ दुबै रमाइलो लाग्छ तर यथार्थमा मेहेनत नगर्ने र केबल कल्पनामा रमाउने
मानिसलाई भने सपना रमाइलो लाग्छ।
-स्मारीका पाण्डे
image from:
https://images.app.goo.gl/4v8VP77421QDJH7o7



Comments
Post a Comment