म मज्दुर

 



म मज्दुर

पेट पाल्ने आशामा दिन भर म खट्ने गर्छु

टन्टलापुर घाम होस् या पानी सधैं मरिमेट्ने गर्छु

प्रत्येक दिनको सङ्घर्ष हो, चहाना पुरा गर्न

दु:ख पाउँछु आफुले परिवारका मुहारमा खुशी छर्न।

दु:ख पाउँछु आफुले परिवारका मुहारमा खुशी छर्न।


मन त लाग्दैन यस्तो दु:ख खेप्न,

तर सपनाहरुको भारि बोकेको छु

आशाका किरणहरु ममा निर्भर भई बसेका छन्

त्यसैले त हरेक मोडमा नलड्खडाई सदैव अघि बढेको छु।

त्यसैले त हरेक मोडमा नलड्खडाई सदैव अघि बढेको छु।

 

त्याग गरेको छु धेरै र कठिन यो जीवन बाँचेकै छु

कामको मर्यादामा बाधेर आफुलाई राखेकै छु

सजिलो छैन यो जीवन,‌पसिना बगाई भोको प्यासो काम गर्न

ज्याननै फालि ज्यामी मज्दुरि गर्दापनि गार्हो छ एक छाक टार्न ।

ज्याननै फालि ज्यामी मज्दुरि गर्दापनि गार्हो छ एक छाक टार्न ।

 

हो म मज्दुर हो हजुर जस्को जीवन सधैं दु:ख र सङघर्षमा नै बित्छ

मज्दुरिको परिश्रम अघि आफन्तको मुस्कान र मायाले सधैं जित्छ

आफ्नो खुसीको बलि दिए पनि आफ्नाको मन कहिल्यै मार्दैनन्

यही सुखको आभुतिका लागि म र म जस्ता अन्य मज्दुरहरु कहिल्यै  परिस्थिति सामु हारदैनन् ।

यही सुखको आभुतिका लागि म र म जस्ता अन्य मज्दुरहरु कहिल्यै  परिस्थिति सामु हारदैनन् ।

 

 

 -स्मारीका पाण्डे

 

image from: https://images.app.goo.gl/bbS53TV9VvQzKZPN6

Comments

Popular Posts