आमा

 



आमा,
सफलताको बाटोमा अघि बढ्न उज्यालो बत्ती देखायौ 
कठिनमा कठिन परिस्थितीको अगाडि नझुकि लड्न सिकायौं 
प्रेम र त्यागको प्रतिमूर्ति बनि सधैं साथ तिमीले दियौं,
हर्ष मेरो मुहारमा ल्याउन कस्ट सबै तिमीले लियौं ।

रात दिन को चिन्ता नगरी सधैं आमा हुन्को कर्तव्य पालना गर्यौं 
अनन्त भावनाको साहाराले मेरो जीवन रङ्गिन बनाई अनेक रङ्ग छर्यौ
टन्टलापुर घाम जस्तो परिस्थितिमा रुखको शितल छाया बन्यौं 
नमागि पनि धेरै दियौं तिमीले, मेरा लागि धेरै कुरा गर्यौं ।

हास्ँ खेल गरि हरेक मोडमा, हरेक परिस्थितिमा साथ दियौं 
मेरा लागि आमा तिमीले त्यागका कयौं कठिन घुट पियौ,
प्रेरणाको स्रोत बन्यौ तिमी र राम्रो छवि राख्यौं 
सबै आफ्ना खुसी त्यागि केबल सन्तानका लागि बाच्यौ ।

आमा तिम्रो प्रेम अन्नत छ,‌ बयानका लागि शब्द पुग्दै पुग्दैन
आफ्ना सन्तानका लागि आमाको मन र तन कसै सामु झुक्दैन 
आमा तिम्रो ऋण तिर्न करोडौले पनि म सक्दिन 
आमा तिम्रो ऋण तिर्न करोडौले पनि म सक्दिन ।  

-स्मारीका पाण्डे


image from: https://images.app.goo.gl/ZpmKo4DTqcCYdbdN8

Comments

Popular Posts