काल्पनिक प्रेम




यदि प्रेम खोला झै एक तर्फि भएको भए,

के त्यो फेरि फर्कन्थ्यो? 

कि सधैका लागि बहेर जान्थ्यो 

र कतै टाढा समुन्द्रमा मिसिन्थ्यो ? 


यदि प्रेम समय भएको भए,

के त्यो पल फेरि बाचॅ्न सकिन्थ्यो ? 

कि त्यो समय सधैका लागि हराउथ्यो

र त्यसलाई विगत भनिन्थ्यो ? 


यदि प्रेम बोलिएको वाणि भएको भए,

के त्यसको चोट ठिक पार्न सकिन्थ्यो? 

कि त्यो सधैका लागि गाडिएर बस्थ्यो 

र त्यसको घाउॅ मनमा चुबिरहन्थ्यो ?


यदि प्रेम बिभिन्न ऋतु भएको भए, 

के त्यो बसन्तमा फूलेको फूल झैं रंगीन हुन्थ्यो? 

कि त्यसलाई शिशिरको रूखोपनले छुन्थ्यो 

र रूखका झरेका पात झैं उदास र सुख्खा रहन्थ्यो? 


-स्मारीका पाण्डे


image - AI Generated


Comments

Popular Posts