रहर या बाध्यता ??





यो काधॅ भारीले थिचिएको छ,

जीम्मेवारी, आशा र अपेक्षाको भार

सपना, संघर्ष र कठिनाईको गहिरो सार

यो भार निकै गरुंगो छ, हलुका कहिले होला?

रहर या बाध्यता ? के हो यो जीवन बाच्ने चोला?

 

यो पाइला हिलै हिलोमा गाडिएको छ,

सफलता यो खुट्टा झै चर्किएको छ

चाहानाहरु मनको परैबाट फर्किएको छ

पुग्नु त टाढा छ तर पाउ दुःखको गोरेटोमा अड्किएको छ

रहर या बाध्यता ? यो जीवन आफैलाई खड्किएको छ।

 

यो हात माटोमा भिजेको छ,

हल समाई खेत खनेको छ, भार र जीम्मेवारी बोकेको छ

मुख सगॅ जोडि्न आफ्ना इच्छाहरु आफैले रोकेको छ

चाउरिएको र फोहोर होला तर आफ्नो बल कायम गरेको छ

रहर या बाध्यता ? यो जीवन बाचॅ्नु परेको छ।

 

यो आखॅाले सपना देख्न बिर्सेको छ,

इच्छा, आकांशा अघिबाटै रोकेको छ

आसु दुःखका यस्ले बोकेको छ

मनको रहर पुरा गर्न नसक्ने बाध्यता यस्ले देखेको छ

रहर या बाध्यता ? यो जीवनमा अझॅ केके लेखेको छ।


यो ओठँले हासोँको आवास बिर्सिएको छ, 

पीडालाई मुस्कानले डाक्न सिकेको छ, 

शब्दहरु मनका ओठँमै लुकाई राखेको छ, 

मौनताले सबै दुःख, पीडा ढाकेको छ, 

रहर या बाध्यता ? यो जीवनले कुन दिशा हाकेको छ?


यो मन थाकेर पनि स्थिर अढिएको छ, 

आशाको नाजुक डोरी समाई उभिएको छ,

आफ्ना रहरहरुलाई दबाई जीवन सँग हारेको छ,

परिवारका सपना भने सङ्गर्शले टारेको छ,

रहर या बाध्यता ? यो जीवनले जीउदैँ मारेको छ। 


यहि रहेछ जीवनको खेल

कहिले कठिनता त कहिले सहजको मेल

चक्र हो यो जीवन-

यहॅा कसैलाई सुख, कसैलाई दुःखको छ लहर

कसैको “जीवनभरको बाध्यता”, कसैको “दुईपलको रहर”।

 

-स्मारीका पाण्डे


Comments

Popular Posts