रहर या बाध्यता ??
यो काधॅ भारीले थिचिएको छ,
जीम्मेवारी,
आशा र अपेक्षाको भार
सपना,
संघर्ष र कठिनाईको गहिरो सार
यो भार निकै गरुंगो छ,
हलुका कहिले होला?
रहर या बाध्यता ? के हो यो जीवन बाच्ने चोला?
यो पाइला हिलै हिलोमा गाडिएको छ,
सफलता यो खुट्टा झै चर्किएको छ
चाहानाहरु मनको परैबाट फर्किएको छ
पुग्नु त टाढा छ तर पाउ दुःखको गोरेटोमा अड्किएको छ
रहर या बाध्यता ? यो जीवन आफैलाई खड्किएको छ।
यो हात माटोमा भिजेको छ,
हल समाई खेत खनेको छ,
भार र जीम्मेवारी बोकेको छ
मुख सगॅ जोडि्न आफ्ना इच्छाहरु आफैले रोकेको छ
चाउरिएको र फोहोर होला तर आफ्नो बल कायम गरेको छ
रहर या बाध्यता ? यो जीवन बाचॅ्नु परेको छ।
यो आखॅाले सपना देख्न बिर्सेको छ,
इच्छा,
आकांशा अघिबाटै रोकेको छ
आसु दुःखका यस्ले बोकेको छ
मनको रहर पुरा गर्न नसक्ने बाध्यता यस्ले देखेको छ
रहर या बाध्यता ? यो जीवनमा अझॅ केके लेखेको छ।
यहि रहेछ जीवनको खेल
कहिले कठिनता त कहिले सहजको मेल
चक्र हो यो जीवन-
यहॅा कसैलाई सुख,
कसैलाई दुःखको छ लहर
कसैको “जीवनभरको बाध्यता”, कसैको “दुईपलको रहर”।
-स्मारीका पाण्डे


Comments
Post a Comment