ताल
ताल अनौठो छ:
बग्दै गरेको त्यो लय~~
कहिॅले शान्त छ
कहिॅले वर्खाको खोला झैं-
कहिॅले सम्झनाका गाथामा पुग्छ
त कहिॅले मनको गहिरो घाउमा दुख्छ,
कहिॅले स्पर्श गर्छ मुस्कानको
र कहिॅले दास्ता बन्छ दुःखको
शब्दै नबोलेपनि
“ताल”- मौन त कदापि छैन,
शब्दैबिना पनि कथाहरू सबै बोल्छ
भावनाहरू मनको प्रस्ट पारि खोल्छ ॥
-स्मारीका पाण्डे
image from: here:



Comments
Post a Comment