यथार्थ
फुल जति सुन्दर भएपनि ओइलिएरै जान्छ,
मन जति साचॅो भएपनि छललाई
नै मान्छ,
सास जति मूल्यवान भएपनि
जीवनले क्षणमा नै लान्छ,
कथा जति मिठो भएपनि
बास्तबिक्ताले बेस्सरी हान्छ,
तारा जति चम्किलो भएपनि
बिहानीमा हराई जान्छ,
पल जति सुनौलो भएपनि
समयले आफू संगै लान्छ,
आशा जति बलियो भएपनि डरले
त्यसलाई तल तान्छ,
पङ्ख जति फराकिलो भएपनि उडान त पिजंडामै जान्छ,
सम्झना जति उज्जयालो
भएपनि अन्ध्यारो पलले नै मनमा हान्छ,
वाचा जति अटल भएपनि
चर्किएरै जान्छ,
सम्बन्ध जति गहिरो भएपनि
बिछोडलाई छान्छ,
सपना जति साकार भएपनि
बिपनाले त्यसलाई कहॅा मान्छ?
-स्मारीका पाण्डे
image from: here



🥹❤️❤️
ReplyDelete